शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
  • कुनै फोहोर नगरी र नभत्काइ आन्दोलन गरेकोको भन्दै मेयर शाहले भनेका छन्, ‘हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो ।
  • ’ उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।

२० चैत, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । कुनै फोहोर नगरी र नभत्काइ आन्दोलन गरेकोको भन्दै मेयर शाहले भनेका छन्, ‘हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो ।’ उनले सबै मिलेर चेतनशील समाज निर्माण गर्नुपर्ने बताउँदै काठमाडौंमा प्रदर्शनका क्रममा देखिएको दृश्य आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन् ।

‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’ मेयर शाहले भनेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ ।’ उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् । ‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस्,’ उनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे
मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’
‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्दै