चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
कथा सिर्षक: चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
लेखक:- जानुका किङगरीङग
राहुल र सम्झना, एक सामान्य, सादगीपूर्ण र परिश्रमी परिवारका दम्पती थिए । राहुल चार सन्तानमा एक्लो छोरा थियो । उ समाज र परिवारको अपरिवर्तित दृष्टिकोणको उदाहरण पनि थियो । त्यसैले बचपनदेखि नै उसले अन्य सन्तानभन्दा बढी माया आमा बुवाबाट पाएको थियो । गाउँमा सबैले राहुललाई एउटा आदर्श युवकको रूपमा चिन्थे । उनका बुवा सेनाका जमदारबाट अवकाश प्राप्त थिए र त्यो समयमा सम्मानित पद मानिन्थ्यो त्यो गाँउमा । उनका बुवा सहयोगी थिए, त्यसैले पनि उनको गाँउमा सम्मान थियो । राहुललाई पनि आफुभन्दा सफल र सम्मानित बनाउने इच्छा थियो ।
सम्झना, राहुलको जीवनका सबैभन्दा महत्वपूर्ण साथी थिइन् । उनी पनि राहुलजस्तै विचारशील र जिम्मेवार थिइन् । उनिहरु सहपाठी थिए । उनिहरुको प्रेम विवाह भएको थियो । आमा बुवा उनिहरुको विवाहमा खुसी थिएनन् किनकी अन्तरजातीय विवाह थियो । राहुलको परिवारमात्र हैन सिंङ्गो समाज नै उनिहरुको विवाहलाई स्विकार गर्न सकिरहेको थिएन ।
समयसंगै उनीहरूको प्रेम विवाहप्रति समाज र घर परिवारका दृष्टिकोणमा सकारात्मक सुधार हुँदै गयो । एउटा कुराले राहुल र सम्झनाको जीवनमा ठूलो चुनौती ल्याएको थियो । त्यो चुनैती थियो ‘सन्तान’ । राहुल र सम्झनाको विवाहको केही समयपछि उनीहरूले सन्तानको आसा राखेका थिए, तर अनियन्त्रित गर्भपातले उनिहरुको जीवनलाई निराश बनायो । पहिलो गर्भपातलाई सामान्य लिए । उनीहरूले अर्को प्रयास गरे । यो पटक पनि गर्भपात भयो । दुःखद रूपमा यो प्रक्रिया बारम्बार दोहोरिदैँ गयो ।
राहुलको मनमा धेरै प्रश्नहरू उठ्थे । “किन यस्तो हुन्छ ?” यो सबै कुरा राहुलका लागि अत्यन्तै पीडादायक थियो । मनको पीडाले उनलाई भित्रै भित्रै न्याकेको थियो । बाहिर भने राहुलमा सबैको लागि खुशीको आभा थियो । उनले आफ्नो परिवारलाई आश्वस्त पार्ने प्रयास गर्थे, सबै ठिक छ ।
उनी सोच्थे, “हाम्रो जीवन एक अर्कासँग खुशीले भरिएको छ ।” तरपनि परिवारको लागि सन्तान र प्राचिन मान्यता वंश जोगाउन पनि सन्तान भन्ने उनिहरुलाई थाहा थियो ।
राहुलका लागि यो सब सजिलो थिएन । उनलाई हरेक दिन यही पीडा र कष्ट सहनु परेको थियो । त्यो दुःख पनि उनले सम्झनासँग साझा गर्न सक्दैन थिए, किनकि उनलाई थाहा थियो कि सम्झना पनि यत्ति नै पीडामा थिइन् । सम्झना भन्थिन, “मैले धेरै पटक प्रार्थना गरेकी छु, भगवानसँग अनुरोध गरेको छु, हाम्रो जीवनमा सन्तानको सुख प्राप्त हुन्छ ।” तर समयसंगै सम्झनाको विश्वास पनि कमजोर हुँदै गयो ।
राहुलका बुवा, जसलाई गाउँमा सम्मान र इज्जत प्राप्त थियो, छोरा बुहारीको दुःख बुझ्न थाले । उनले राहुललाई सान्त्वना दिने प्रयास गरे, “तिमीलाई सन्तानको कुरा कत्तिको महत्त्वपूर्ण छ भनेर म बुझ्छु तर जीवनका केही कुराहरु हाम्रो हातमा छैन । हामीले त्यसलाई स्वीकार्नु पर्छ ।” चाहनामात्रले पनि जीवन पुर्ण कहाँ हुन्छ र !
ति शब्दहरूले राहुललाई सान्त्वना त दिएको थियो तरपनि आमा बुवाको ईच्छा विपरितको अन्तरजातीय विवाह अनि सन्तान नहुनु । त्यो भन्दा बढी असह्य पीडा त के ले नै होला र ? राहुल र सम्झनाको सम्बन्ध अझै प्रगाड हुँदै गएको थियो । कैँयै चिकित्सकको सल्लाह र औषधिले पनि काम गरेको थिएन । मन्दिर, भाकल, दान सबै बिफल थिए ।
राहुलका बुवा मनमा पीडाहरु लुकाएरै भएपनि छोरा बुहारीलाई बुझाउन चाहन्थे कि “परिवारको अर्थ केवल सन्तान मात्र होइन, एक अर्कामा सस्तो प्रेम र सहकार्य हो । एक अर्कासँगै खुशीसाथ समय बिताउनु नै जीवनको साँचो अर्थ हो ।” समय बित्दै थियो, राहुल र सम्झना अझै आफ्ना प्रयासमा निरन्तर थिए ।
राहुलको परिवारलाई पीडा पनि निरन्तर थपिदै गयो । उसको जेठी बहिनि सकुन्तला पनि आफ्नो प्रेम सम्बन्धको कारण भागि विवाह गर्न पुग्छिन र त्यसैको दुई वर्षपछि कान्छी बहिनि रत्नाले पनि भागेरै अन्तरजातीय विवाह गर्छिन । राहुलको परिवारमा एकपछी अर्को पीडा थपिदैँ जाँदा सिङ्गो परिवार नै कमजोर हुँदै गएको थियो ।
राहुलले एकदिन भारतको बिहार प्रान्तमा रहेको बेनिपट्टी भन्ने ठाँउमा एक पण्डित रहेको र पण्डितले राहुलजस्ता धेरैका समस्या समाधान भएको कुरा साथिहरुबाट थाहा पाउछ । राहुल मनमा झिनो आस लिएर श्रीमतीसंगै भारततर्फ लाग्छन् ।
ति पण्डितले केही जडिबुटी र उपायहरूको सल्लाह दिए । राहुल र सम्झना ती सबै उपायहरूमा लागे । उनीहरू आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउनको लागि ध्यान, योग र प्रार्थना समेत गर्न थाले । आत्मा र शरीरसंग युद्ध गरेर आफुलाई बलियो बनाइरहे ।
Post Comment