९ चैत्र २०८२, सोमबार

भीरबाट लडेर गम्भीर घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार

 

१९ चैत, दोलखा —

दोलखाको गौरीशंकर गाउँपालिका-१ मा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका एक जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  मंगलबार दिउँसो घाँस काट्ने क्रममा तिरपु भीरबाट लडेर घाइते भएका जुँगुका ३९ वर्षीय मोहन बहादुर कार्कीको सिंगटीबाट

हेलिकप्टरमार्फत उद्वार गरेर उपचारका लागि काठमाडौं पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए ।भीरबाट ५ सय मिटर तल खसेको कार्कीको टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा उद्धारपछि उपचारका लागि काठमाडौं पठाइएको हो ।

Post Comment

छुटाउनुभयो कि ?