१२ चैत्र २०८२, बिहीबार

अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा

१० चैत, म्याग्दी।

म्याग्दीको मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यवसायिक केरा खेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौमा ब्यवसाय गर्नुहुने ३८ वर्षीय शुशिल खड्काले जन्मथलोमा पुरख्यौली जग्गालाई सदुपयोग गर्न केरा खेती शुरु गर्नुभएको हो । मङ्गला भेञ्चर कम्पनी मार्फत केरा खेती गरेर बाझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ ।

अमेरिकाको भेण्डेरबिल्ट विश्व विद्यालयबाट अर्थशास्त्र र ब्यवसाय विषयमा स्नाकोत्तर तथा ईञ्जिनियरीङमा स्नातक गरेका खड्काको सातबिसेमा एक सय रोपनी पुरख्यौली जग्गा छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका शुसील सन् २०१४ मा नेपाल आउनुभएको थियो ।

तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम शुरु गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरुवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परिक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो । वाइट सुशिल खड्का, उद्यमी, मङ्गला गाउँपालिका–३ सातबिसे, म्याग्दी ।

आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरीया जातको धान खेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाहरुको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने खड्काको योजना छ ।

(रासस)

Post Comment

छुटाउनुभयो कि ?