२६ जेष्ठ २०८२, आईतवार

मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला

 

२१ फागुन, हेटाैंडा । मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाकाे कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ ।शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेकाे हुन सक्ने डिएसपी अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?