पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!
 पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!

भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४८ पटक हेरिएको
Shares
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए

सारांश

  • भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा वीरमान लामा छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

 

९ फागुन, काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । घटना २०६६ मंसिर २४ गतेको हो । राति सवा १२ बजेतिर ठमेलबाट ट्याक्सी बुक गरेर चार जनाको समूह भक्तपुर पुगेको थियो । भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा सवार चार युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए ।

बाँकी दुई जना भने फरार थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो । उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार