उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

सारांश

  • उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।
  • शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।
  • गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन्।

२६ माघ, जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको दर्ता नरहेको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रबार राति ११ बजे अस्पताल पुगेका मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन्। यो घटना अनलाइनखबरबाट सार्वजनिक भएपछि मुख्यमन्त्री सिंह मुख्यमन्त्री सिंह साँझ ८ बजे पनि हस्पिटलमा पुगेका थिए । तर, त्यहाँ सञ्चालक नहुँदा फर्केर गएका थिए । राति पुन ११ बजे पुगेर मुख्यमन्त्री सिंहले दर्ताका कागजातहरू देखाउन भनेका थिए । दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११

बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन उनले निर्देशन दिएका हुन्। । मुख्यमन्त्री सिंहले शल्यक्रिया पश्चात् गम्भीर अवस्थामा पुगेका बबिता कुमारी यादवलाई तत्काल बाहिर लगेर राम्ररी उपचार गराउन निर्देशन समेत दिए। मुख्यमन्त्रीले सञ्चालकलाई भने, ‘यहाँ रहेका बिरामीहरुलाई अन्यत्र हस्पिटलमा वयवस्थापन गर्नु, ११ बजेसम्म अस्पतालमा ताला लगाएर साँचो सरकारलाई बुझाउनू र गम्भीर अवस्थामा पुगेको बिरामीलाई राम्रो स्थानमा लगेर उपचार गराउनू ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदै
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण
चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार
राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव