बारागढी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 बारागढी गाउँपालिकाको सार्वजनिक अनुरोध!

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् ।
  • सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवन अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
  • सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

 

२९ पुस  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् । सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवन अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण गरिएको छ । एक सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहनेछ ।  संघीय संसद् भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ । को सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।  सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना