विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
विश्व बैंकको ६० करोड अनुदानमा एकाधिकार, दुई संस्था बाहिरिए

सारांश

  • नेपालको आदिवासी–जनजाति क्षेत्रको वृत्ति विकासको लागि आउने अनुदानमा अपारदर्शिता भएको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति आपांग संघ बाहिरिएका छन् ।
  •   शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै ६० करोड अनुदान निश्चित मान्छेहरुले आफूखुशी चलाउन लागेकाले बाहिरिने घोषण गरेको उनीहरुले जानकारी दिएका हुन् ।
  • राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ५० वटा जातिय संस्थाहरुको छाता संगठन रहेको सो संस्थाकी अध्यक्ष ङिमी शेर्पाले करोडौंको अनुदान लक्षित समुदायसम्म पुग्न नसकिएको र अब पनि पुग्ने सम्भावन नदेखेकाले आफूहरु त्यसबाट अलग भएको जानकारी दिएकी छिन् ।

 

२६ पुस,  काठमाडौं । नेपालको आदिवासी–जनजाति क्षेत्रको वृत्ति विकासको लागि आउने अनुदानमा अपारदर्शिता भएको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति आपांग संघ बाहिरिएका छन् ।  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै ६० करोड अनुदान निश्चित मान्छेहरुले आफूखुशी चलाउन लागेकाले बाहिरिने घोषण गरेको उनीहरुले जानकारी दिएका हुन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ५० वटा जातिय संस्थाहरुको छाता संगठन रहेको सो संस्थाकी अध्यक्ष ङिमी शेर्पाले करोडौंको अनुदान लक्षित समुदायसम्म पुग्न नसकिएको र अब पनि पुग्ने सम्भावन नदेखेकाले आफूहरु त्यसबाट अलग भएको जानकारी दिएकी छिन् । सम्पूर्ण अदिवासी महिलाहरुको आस्था र विश्वासलाई उच्च सम्मान गर्दै उक्त निर्णय गर्न बाध्य बनाइएको जनाउँदै शेर्पाले भनिन्,‘बारम्बार डिजिएम स्टेरिङ कमिटीका बैठकहरुमा सुझाव तथा विरोधहरुलाई नसुन्ने अवस्थामा ‘दूधको साक्षी बिरालो’ बन्न सकिन्न ।’

विश्व बैंकबाट आएको ६० करोड अनुदान आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता अभिवृद्धि  गर्नको लागि भनिएता पनि मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको र सो रकम सम्बन्धित सरोकारवालासम्म नपुगेकोले उक्त गम्भिर विषयको विरुद्ध राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पर्दाफास गर्दै आएको शेर्पाले बताइन् । यसैगरी नेपाल आदिवासी जनजाति अपाङ्ग संघका अध्यक्ष खड्क सारु मगरले आफूहरुले पनि पटकपटक खबरदारी गर्दै आएको बताउँदै भने,‘एक वर्ष अगाडिबाटै इमेलमार्फत डिजिएमलाई लिखित राजिनामा पठाएका थियौं तर उनीहरुले सुधार्ने प्रतिबद्धता जाहेर गरेपछि पर्ख र हेरको स्थितिमा बस्यौं तर त्यो सम्भव रहेन ।’ महासंघको कदमलाई साथ दिदै व्यापक आर्थिक अनियमितता र वेथिति विरुद्ध आफूहरुले संयुक्त पत्रकार सम्मेलन गर्नु परेको बताए ।

अमेरिकाका लागि नेपाली पूर्वराजदूत रहेको नेपाल ग्रामिण पुनर्निमाण रुरल रिकष्ट्रक्सन नेपाल–आरआरएनका अध्यक्ष डा.अर्जुन कार्कीको निर्देशन तथा नियन्त्रणमा विभेद गरिएको कारण आफूहरु त्यसबाट अलग भएको घोषणा गरेको सारु मगरले बताए ।  उनीहरुले डिजिएमका बैठकहरुमा बोलाएर हस्ताक्षर गराउने बाहेकका अन्य विषयहरुमा प्रवेस गर्न रोक लगाउनुले पनि तानाशाही प्रवृत्तिको अन्त्य गराउनको खातिर सो कदम चाल्न बाध्य भएको बताएका छन् । दुबै संस्थाहरुले नेपाललाई दिदै आएका अनुदानहरु सहि ठाउँमा सदुपयोग गरेका छन् कि छैनन् भनेर अध्ययन–अनुसन्धान कारबाहीका लागि नियमन तथा अनुगमन गर्न समेत विश्व बैंकलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि