शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
  • आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।
  • बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न गरेका थिए ।

 

१८ पुस,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।

बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, “जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्,” उनले भने ।

उनले आफूले आफ्नै पार्टीका नेताहरू पनि संलग्न देखिए कानूनको दायरामा ल्याउनुपर्छ भनेको बताए । “छानबिन गर्दैगर्दा यदि प्रचण्ड नै देखियो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्ने म नै हो,” उनले भने । उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
खैरो हेरोइनसहित एक जना पक्राउ
खैरो हेरोइनसहित एक जना पक्राउ
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
सुन र चाँदीको मूल्यमा रेकर्ड
सुन र चाँदीको मूल्यमा रेकर्ड
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव संकलन थालियो
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार