शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
  • आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।
  • बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न गरेका थिए ।

१८ पुस,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।

बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, “जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्,” उनले भने ।

उनले आफूले आफ्नै पार्टीका नेताहरू पनि संलग्न देखिए कानूनको दायरामा ल्याउनुपर्छ भनेको बताए । “छानबिन गर्दैगर्दा यदि प्रचण्ड नै देखियो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्ने म नै हो,” उनले भने । उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं: भण्डारी
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं: भण्डारी
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत