रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

सारांश

  • कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।
  • कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो ।
  • आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले अनलाइनखबरलाई जानकारी दिए ।

१४ पुस, पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले अनलाइनखबरलाई जानकारी दिए । रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लियएको हो । सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
प्रतिनिधि सभाको बैठक आज बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : मन्त्री खड्का
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...