प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

सारांश

  • प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।
  • गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन्।
  • सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

११ पुस, काठमाडौं : नेपाल प्रहरीका दुई सहायक हवल्दार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्।प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।

गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन्। सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।

आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...