प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन

सारांश

  • प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।
  • गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन्।
  • सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

११ पुस, काठमाडौं : नेपाल प्रहरीका दुई सहायक हवल्दार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्।प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।

गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन्। सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।

आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
चितवनले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन