प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
  • चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
  • ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।

१७ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
मन्त्रिपरिषद बैठक जारी
मन्त्रिपरिषद बैठक जारी
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
मनकामना केबलकार आज र भोलि बन्द
मनकामना केबलकार आज र भोलि बन्द
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते