राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल

सारांश

  • नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन्।
  • साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्तिसमेत सुरु भएको छ।
  • नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ।

१० असोज ,दाङ – राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन्। साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्तिसमेत सुरु भएको छ।नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ। कार्यक्रममा

कार्यवहाक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो।झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ। सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास

छ। यो पुल बन्नुअघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए। वर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो। डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत व्यहोर्नुपरेको थियो। एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याटबाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो। यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ। यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
नाराबाजी गर्दै जनमतले घेर्‍यो बलरा नगरपालिका
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक