अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
  • चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् ।
  • हिजो (मङ्गलवार) उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् ।

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् । हिजो (मङ्गलवार) उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् । त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको बताए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए । साउन १५ गते त्रिविको सिनेट बसेको थियो । उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाएर ओली नीति तथा कार्यक्रममा छलफल नै नगरी निस्किएका थिए ।

आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो । सिनेट बैठकबारे बाहिर गलत हल्ला फैलाइएको उनको भनाइ छ । ‘सिनेटमा हाम्रो दुईवटा मात्रै एजेण्डा थिए । एउटा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने । त्यसपछि नीति तथा कार्यक्रम बजेट पारित गर्ने । तर, गलत बुझाइका कारण गलत सन्देश गयो । बजेट र नीति तथा कार्यक्रम उस्तै हो । त्यो पास नहुने कुरै भएन,’ रजिष्ट्रार रिजालले भने ।

विश्वविद्यालयका नियम, विनियम संशोधन लगायतका विषयमा छलफल अर्को बैठकबाट गर्ने भन्ने कुरा रहेको उनको भनाइ छ । तर, प्रधानमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूबिच दूरी कायम गराउने खालको दुष्प्रचार भएको बताए । सिनेटबाट स्नातक, स्नातकोत्तर तह लगायतका विभिन्न तहका ७३ हजार ९ सय ९५ विद्यार्थीको ग्रेस लिष्ट पास भएको थियो । सिनेटमा प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बराललाई नीति तथा कार्यक्रम पेस गर्न खोज्दा राेकेका थिए । नीति तथा कार्यक्रमका विषयमा आपत्ति जनाउँदै ओलीले भनेका थिए, ‘म आएकै बैठकमा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री हुनुहुँदैन भन्ने प्रस्ताव किन राखियो ? प्रधानमन्त्री आएर सुन्दा नै सरकारमा छिटो पुग्ला कि भनेर ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी
बागलुङमा  भाडाकै घरमा पाँच पालिका सञ्चालन
बागलुङमा भाडाकै घरमा पाँच पालिका सञ्चालन
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन