देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
४९ पटक हेरिएको
Shares
देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन

सारांश

  • १५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
  • कार्यालयका अुनसार कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारणचतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

 

२२ साउन, काठमाडौं : रातिदेखि परेको वर्षाका कारण देशभरको १५ राजमार्ग अवरुद्ध भएको छ।

१५ मध्ये पाँच वटा एकतर्फी रूपमा चल्न थालेको छ भने बाँकी १० वटा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अुनसार कोशी प्रदेशको संखुवासभामा बाढी आउँदा उत्तर दक्षिण कोशी राजमार्ग र सुनसरीमा पहिरोका कारणचतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मधेश प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानमा बाढीका कारण पूर्वपश्चिम लाकेमार्ग अवरुद्ध भएर एकतर्फी रुपमा सुचारु भएको छ।

बागमती प्रदेशको दोलखामा बाढीका कारण कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै मकवानपुरमा पहिरोका कारण कान्ति लोकपथ सडक खण्डको भिमफेदी गाउँपालिका-८ कालोपहिरो र महादेवटारमा सडक अवरुद्ध छ। त्यस बाटोलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ। उता सिन्धुपाल्चोकमा बाढीका कारण बलेफी गाउँपालिका-८ जुरेमा अरनिको राजमार्ग र मेलम्ची नगरपालिका-११ धितालबेशीमा मेलम्ची-जिरो किलो सडक अवरुद्ध भएकोमा एकर्फी सञ्चालन आएको छ।

गण्डकी प्रदेशको म्याग्दीको बेनी नगरपालिका-३ घुमाउने भिर, रघुगंगा गाउँपालिका-२ उपल्लो बैशरी र सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको बेगखोलाम गरी तीन ठाउँमा पहिरो गएको छ। जसकारण बेनी जोमसोम सडक खण्ड र बेनी दरवाङ सडक खण्ड पूर्ण अवरुद्ध भएको छ। बागलुङको बागलुङ नगरपालिका-१० डव्ल्याङमा पहिरो जाँदा कालीगण्डी करिडोरको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।लुम्बिनीको प्यूठानस्थित नौबहिनी गाउँपालिका-१, हाम्पालमा पहिरोका कारण स्याउलीवाबाग्दुला सडक खण्ड अवरुद्ध भएको छ भने दाङको घोराही उपमहानगरपालिक-१६ सेवार खोलामा बाढी आउँदा घोराही तुलसीपुर सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठ बिसकोट नगरपालिका-११ खरखरेमा पहिरो जाँदा भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
आज स्ववियु निर्वाचन
आज स्ववियु निर्वाचन
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् :  प्रधानमन्त्री ओली
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : प्रधानमन्त्री ओली
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति