बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 

अमरेश कुमार पाण्डेय १८ जेठ, कलैया । कलैया यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा लागि बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टर कलैयासँग सम्झौता गरेको छ। सम्झौता अनुसार सेवाग्राहीेले आफ्नो निजि सवारीसाधन प्रयोग गरे मात्र ट्रायल सेन्टर दस्तुर तिर्नुपर्ने उल्लेख छ। साथै सेवाग्राहीसँग आफ्नो सवारी साधन नभए सवारी साधन सहितको ट्रायल सेन्टर दस्तुर लिनुपर्ने […]

सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

१९ जेठ, काठमाडौं ।  यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो। बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन […]

आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

१९ जेठ, खोटाङ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति […]

कमल थापाको रिहाइ माग्दै राँके जुलुस

  १८ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ । राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् । जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी

१८ जेठ, काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ । गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको […]

बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु

१८ जेठ, काठमाडौं । बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने […]

कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ

१८ जेठ, काठमाडौं ।  प्रहरीले महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् ।  मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको हो । माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती […]

काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ

१८ जेठ, काठमाडौं ।  काठमाडौं महानगरपालिका-२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन्। प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले  शनिबार साँझ उनीहरूलाई ७५ हजार […]

लागूऔषधसहित तीन जना पक्राउ

१८ जेठ, सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो । वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालकसहित निम्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला […]

राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले   जानकारी दिए । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।