Press 4K
शनिबार, २८ चैत्र २०८२

टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र २८, २०८२
|
|
८८ पटक हेरिएको
Shares
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने

सारांश

  • टोस्टमास्टर्स फुटसल लिग कप २०८३ आगामी वैशाख ५ गते (अप्रिल १८, २०२६) देखि आयोजना हुने भएको छ ।
  • प्रतियोगिताको औपचारिक घोषणा शनिबार काठमाडौंमा गरिएको हो ।
  • टोस्टमास्टर्स समुदायअन्तर्गत आयोजना हुन लागेको यस लिगले खेलसँगै नेतृत्व विकास, प्रभावकारी सञ्चार र टिमवर्कलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

 

२८ चैत,काठमाडौं ।

टोस्टमास्टर्स फुटसल लिग कप २०८३ आगामी वैशाख ५ गते (अप्रिल १८, २०२६) देखि आयोजना हुने भएको छ । प्रतियोगिताको औपचारिक घोषणा शनिबार काठमाडौंमा गरिएको हो । टोस्टमास्टर्स समुदायअन्तर्गत आयोजना हुन लागेको यस लिगले खेलसँगै नेतृत्व विकास, प्रभावकारी सञ्चार र टिमवर्कलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा अथर्वा, अग्नि स्कर्पियन्स, काठमाडौं लेजेन्ड्स, डीबी अट्याकर्स, ह्वाइटहाउस वारियर्स, एस्प्रेसो बाई बी एन्ड जी, थ्री टाइटन्स र पोर्ट एजुकेसन रहेका छन् ।

प्रतियोगितालाई दुई समूह (ग्रुप ‘ए’ र ‘बी’) मा विभाजन गरिनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने त्यसपछि फाइनल खेलमार्फत विजेता घोषणा गरिनेछ । आयोजकका अनुसार, यो कप प्रतियोगिताले आगामी असार÷साउन (जुलाई २०२६) मा हुने मुख्य टोस्टमास्टर्स फुटसल लिगका लागि आधार तयार गर्नेछ । मुख्य लिगमा टोलीहरूले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिनेछ । प्रतियोगितामा विभिन्न संघसंस्थाको साझेदारी रहेको छ । शीर्ष प्रायोजकका रूपमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनी रहेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंक र नेपाल स्टेम एलायन्स सह–प्रायोजक (पावर्ड बाइ पार्टनर) रहेका छन् । यसैगरी, देभ कलेज भेन्यू पार्टनर, ट्रान्क्विलिटी स्पा वेलनेस पार्टनर, रियल जुस बेभरेज पार्टनर, कफी वाला एजेन्सी क्रिएटिभ पार्टनर, क्लासिको स्पोट्र्सवेयर जर्सी पार्टनर, एक र शून्य टेक पार्टनर, ह्वाइट हेभन एकेडेमी ग्राउन्ड पार्टनर रहेका छन् ।

स्वास्थ्य सेवातर्फ नेपाल मेडिसिटी अस्पताल मेडिकल पार्टनर तथा जोइन्ट एम्बुलेन्स ड्राइभर्स एसोसिएसन मेडिकल रेस्पोन्स पार्टनरकोरूपमा रहेका छन् । त्यस्तै, फोन स्टोर र डेनारा ब्याग्स गिफ्टिङ पार्टनरका रूपमा सहभागी छन् । आयोजकले सशक्त साझेदारी र सहभागी टोलीहरूको उत्साहजनक उपस्थितिका कारण प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...