१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च

सारांश

  • शुक्रबार सेयर बजार १३.
  • ४६ अंक घटेको छ ।
  • आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ ।

२७ चैत, काठमाडौं ।

शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो ।

५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो । समग्र बजार घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अंक) बढेको छ । यो समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ । यो समूहमा केही नयाँ कम्पनी थपिएर लगातार मूल्य बढ्दा सूचकले नयाँ रेकर्ड बनाएको हो । आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशत घटे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३६, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.०४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स्, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
वीरगन्जका विद्यालयहरूमा थप ६ दिन बिदा
वीरगन्जका विद्यालयहरूमा थप ६ दिन बिदा
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
उच्च अंकले बढ्यो सेयर बजार
उच्च अंकले बढ्यो सेयर बजार
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?