सर्लाहीमा करे*न्ट लागेर ५ वर्षीय बालकको मृ*त्यु

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र २५, २०८२
|
|
३२७ पटक हेरिएको
Shares
सर्लाहीमा करे*न्ट लागेर ५ वर्षीय बालकको मृ*त्यु

सारांश

  • सर्लाहीको ईश्वरपुर नगरपालिका –१२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
  • बुधबार बिहान करिब ११ बजे स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जडान गरी आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला नजिकै खेलिरहेका राम बैलकोटीका ५ वर्षीय छोरा वियान्श बैलकोटीलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राइले जानकारी दिए ।
  • करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिए पनि उपचारका क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

 

 २५ चैत, सर्लाही ।

सर्लाहीको ईश्वरपुर नगरपालिका –१२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जडान गरी आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला नजिकै खेलिरहेका राम बैलकोटीका ५ वर्षीय छोरा वियान्श बैलकोटीलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राइले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिए पनि उपचारका क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ