Press 4K
मंगलबार, २४ चैत्र २०८२

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र २४, २०८२
|
|
९३ पटक हेरिएको
Shares
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

सारांश

  •   २४ चैत ,काठमाडौं ।
  • संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ ।
  • सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

 

२४ चैत ,काठमाडौं ।

संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को बैठक समितीका ज्येष्ठ सदस्य कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा सञ्चालन हुनेछ । उक्त बैठकमा नयाँ माननीय सदस्यहरूको स्वागत, सभापति निर्वाचन तथा विविध विषयमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को ३२४औँ बैठक पनि आजै बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१०) बमोजिम रिक्त रहेको सभापति पदको निर्वाचन, नयाँ सदस्यहरूको स्वागत तथा अन्य विषयमा छलफल हुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...