एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १७, २०८२
|
|
६ पटक हेरिएको
Shares
एसियन कप छनोट: लाओसविरुद्ध खेल्दै नेपाली टोली

सारांश

  •   १७ चैत, काठमान्डौ।
  •   एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार लाओसविरुद्ध खेल्दैछ।
  •  लाओसको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ।

 

१७ चैत, काठमान्डौ। 

एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार लाओसविरुद्ध खेल्दैछ। लाओसको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ।  यसअघि नै समूह चरणबाट बाहिरिसकेका नेपाल र लाओस आजको खेलमा शान्त्वना जित निकाल्दै सुखद अन्त्यको खोजीमा छन्।

यसअघिको भेटमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो।  समूह ‘ए’ मा रहेका नेपाल र लाओस दुवैले पाँच खेलबाट ३ अंक जोडेका छन्। एरेनाले टोली सम्हालेपछि नेपालले पहिलो खेल खेल्न लागेको हो। यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली टोलीले पहिलो पटक खेल्न लागेको हो।  टोलीका मुख्य प्रशिक्षक गग्लीएल्मो एरेना पाँच युवा खेलाडीलाई समेट्दै लाओस पुगेका छन्। प्रशिक्षक एरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा समेटका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?