कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र ९, २०८२
|
|
१ पटक हेरिएको
Shares
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

सारांश

  •   ९ चैत, काठमाडौं ।
  • नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

९ चैत, काठमाडौं ।

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

बठैकले सभापति गगन थापाले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्नु पर्ने भएकोले थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । बठैकले हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ । साथै, बैठकले मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ ।

युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । साथै हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सुरक्षित स्वदेश फर्काउन माग पनि बैठकले गरेको छ । बैठकले यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्वलाई करिब ५० दिनको सीमित अवधिमा सबै चुनौती समाधान गर्न कठिन भएको उल्लेख गरिएको छ । यस्तै, बैठकले निर्वाचन परिणामबारे जिल्ला र निर्वाचन क्षेत्रबाट पनि थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र जिल्ला तहबाट प्राप्त प्रतिवेदनलाई एकीकृत गरी पुनः समिक्षा गर्ने निर्णय गरेको छ । बैठकले अब पार्टी पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
अब प्रहरीका एआईजीले पनि रातो पासपोर्ट पाउने
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो
माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे