जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३ पटक हेरिएको
Shares
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

सारांश

  •   २३ फागुन, मुगु ।
  • राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ ।
  • कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ– १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

 

२३ फागुन, मुगु ।

राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ । कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ– १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनका प्रतिद्धोन्दी नेकपा नरेश भण्डारीले ६ हजार ५२५ मत प्राप्त गरेका छन् । उम्मेदवार शाही ३ हजार ६१२ मतले भण्डारी भन्दा अगाडि छन् ।

काग्रेसका उम्मेदवार दिपबहादुर शाही ३ हजार ९६२ मत र एमालेका उम्मेदवार शान्तिलाल महतले २ हजार ७३१ म्त प्राप्त गरेका छन् । रास्वापा उम्मेदवार विनिता कठायतले २९६ मत, नेमकिपाका उम्मेदवार विर्ख रावतले २९३ मत, प्रलोपाका उम्मेदवार मनऋषि धितालले ८९ मत, नेकपा माओवादीका विर्ख शाहीले ५६ मत, नेजपाका रनिलविक्रम शाहीले २८ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १२ मत प्राप्त गरेका छन् । ९५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?