चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा

सारांश

  •   २२ फागुन,ललितपुर ।
  • नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् ।
  • नेपाल न्यूज बैंकसँग कुरा गर्दै राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको पनि बताए ।

२२ फागुन,ललितपुर ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको पनि बताए । ‘सोचेको भन्दा बढी टाइट छ निर्वाचनको नतिजा । तर म मेरो क्षेत्रबाट विजयी हुन्छु भन्नेमा विश्वास छ,’ उनले भने ।

राणाले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बलियो रहेको र स्थानीय तहमा पनि पार्टीले उल्लेख्य सफलता हासिल गरेको बताए । ‘हामीले धेरै स्थानीय तह जितेका छौं । जनप्रतिनिधिले पनि यस क्षेत्रमा काम गरेका छन् । मैंले पनि यहाँका नागरिकको दुःखसुखमा सधैं साथ दिएको छु र मेरो छविमा कुनै दाग लाग्न दिएको छैन,’ उनले भने । साथै उनले केन्द्रिय राजनीतिको प्रभावले निर्वाचनको परिणाम प्रभावित हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरे । ‘विशेष महाधिवेशन नगरेको भए हाम्रो परिस्थिति झन खुम्चिन्थ्यो । निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्न बाध्य भयौं,’ उनले भने ।

उनले पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसकिएकाले यो अवस्था सिर्जना भएको बताए ।  हामी चुनावभन्दा पनि आन्तरिक विवादमा अल्झियौं । मंसिरमै विशेष महाधिवेशन टुंग्याएको भए ‘परिवर्तित कांग्रेस’ अथवा ‘नवीन कांग्रेस’को सन्देश जनतामा राम्रोसँग लैजान सकिन्थ्यो,’ राणाले भने । पछिल्लो परिणाम अनुसार राणाले आफ्नो क्षेत्रमा अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत