सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर २०, २०८२
|
|
२ पटक हेरिएको
Shares
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

सारांश

  • २० मंसिर, मकवानपुर ।
  • हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ ।
  • सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।

२० मंसिर, मकवानपुर ।

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो ।

२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो। हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ