स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
सारांश
- १२ मंसिर, काठमाडौं ।
- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.
- सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
१२ मंसिर, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सचिवालयका अनुसार, उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो । भेटका क्रममा, दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया