काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
४ पटक हेरिएको
Shares
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ

सारांश

  •   १२ मंसिर, काठमाडौं ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।

१२ मंसिर, काठमाडौं ।।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् । बाढीका कारण त्यस क्षेत्रका सडक एवमु पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका हुन् ।

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनस्र्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए । गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ । बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ  । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको उल्ल्ेख गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
‘गर या मर’को खेलमा चुकेन लुम्बिनी, जनकपुरविरुद्ध महत्त्वपूर्ण जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै