गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी

सारांश

  •   ३ मंसिर, काठमाडौं ।
  •   गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् ।
  • बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् ।

 

३ मंसिर, काठमाडौं । 

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको छ । यो कार्ययोजनाको प्रमुख उद्देश्य सबै सरोकारवालाको समन्वय, सहकार्य र सहभागितामा सित लहर र हिमपातबाट हुन सक्ने सम्भावित क्षति र प्रभाव न्यूनिकरण गर्नु रहेको छ ।’ यस्तै, उनले कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा सबै एकै आवाजमा प्रतिबद्ध हुनु आवश्यक रहेको भन्दै मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व भएको बताए । उनले भने, ‘कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा आजको छलफल एकदमै महत्वपूर्ण छ ।

किनकि सुरक्षा जीविकोपार्जन, स्वास्थ्य सेवा लगायतका सूचकहरुमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन् । यस सन्दर्भमा हामी सबै एकै आवाजमा प्रतिबद्ध हुनुपर्छ कि मानव जीवन र सम्पत्तिको सुरक्षा हामी सबैको साझा उत्तरदायित्व हो ।’ साथै, जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु¥याउदै  प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको भन्दै सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘सित लहर र हिमपातको पूर्व तयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती हो । कार्ययोजना कार्यान्वनयका लागि बजेट लगायतका स्रोत साधनको व्यवस्थापन, संस्थागत क्षमता विकास सरोकारवाला सबै निकायहरु बीच प्रभावकारी समन्वय सहकार्य र सञ्चार एंव जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु¥याउदै । प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको छ । सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च