जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २९, २०८२
|
|
२ पटक हेरिएको
Shares
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

सारांश

  • २९ असोज, काठमाडौं ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि  राहदानीसम्बन्धी सेवा सुरु भएको छ ।
  • गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।

२९ असोज, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि  राहदानीसम्बन्धी सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई सिफ्टमा सञ्चालन हुनेछ ।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा सञ्चालन हुने उनले जानकारी दिए । अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म खुल्ने छ । सेवाग्राहीको अत्यधिक चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु पाँच बजेभित्रै उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?