प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
सारांश
- २९ असोज, काठमाडौं ।
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।
- बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् ।
२९ असोज, काठमाडौं ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् । बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् ।

दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया