विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 

सारांश

  • २८ असोज, काठमाडौं ।
  • आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ।
  • सोमबार ओमानमा जारी खेलमा नेपालले कतारमाथि ५ रनले विजयी हासिल गरेको हो ।

२८ असोज, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ। सोमबार ओमानमा जारी खेलमा नेपालले कतारमाथि ५ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी हुन सफल भयो । हिजो भएको खेलमा स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै, नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए ।

कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो त्यसलाई पछ्याएका कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ रनमा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे । बलिङमा कतारका डेनियल आर्चर मारिया लुइसले ३ र मिर्जा मोहम्मद बेगले ३ विकेट लिए । यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरे । यस्तै, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पार्न सफल भयो । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ । उनकै नेतृत्व नेपाल अहिले विश्वकपको नजिक पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा
सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य