बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन १९, २०८२
|
|
२ पटक हेरिएको
Shares
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला

सारांश

  • १९ असोज, विराटनगर।
  • अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् ।
  • एक जनाको शव फेला परेकोछ ।

१९ असोज, विराटनगर।

अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् । एक जनाको शव फेला परेकोछ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्। यो प्रारम्भिक विवरण हो। विस्थापितको संख्या २५ हजार २३१ रहेको उनले जानकारी दिए। शिवसताक्षी नगरपालिका ४, ५, ६ र ७, गौरीगञ्ज गाउँपालिका– १, २, अर्जुनधारा नगरपालिका ७, गौरादह नगरपालिका– ५,, भद्रपुर नगरपालिका–५, झापा गाउँपालिका– १ २, ३, ६ र ७ का सयौं परिवार विस्थापित भएका छन्।

झापा गाउँपालिका– १,२,३,६, ७ बाट पनि सयौँ परिवार विस्थापित भएका छन्। विस्थापितहरू आफन्त र विद्यालय र सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित मध्य अधिकांश माइ नदी किनारमा बसोबास गर्नेहरू छन्। कनकाइ नगरपालिका-४ कोटीहोम नजिकै कनकाई माई खोलाकोबीच भागमा एक जनाको शव फेला परेको छ । अन्दाजी ६० वर्षीय जस्तो देखिने व्यक्तिको पहिचान खुलेको छैन। खोलाको बीचभागमा भेटिएको शव नग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय