मिथिलामा आज ‘रावणवध’ उत्सव

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
मिथिलामा आज ‘रावणवध’ उत्सव

सारांश

  • १६ असोज,सर्लाही ।
  • मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ।
  • जनकपुरधाम, महोत्तरीको मटिहानीलगायतका स्थानमा विजयादशमीका दिन रावणवध उत्सव मनाइने भएको हो।

१६ असोज,सर्लाही ।

मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ। जनकपुरधाम, महोत्तरीको मटिहानीलगायतका स्थानमा विजयादशमीका दिन रावणवध उत्सव मनाइने भएको हो। श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावणवध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ। वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा रहेको छ।

मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ। यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। ‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,’ मण्डल भन्छन्, ‘विजया दशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ।’ दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गरेको प्रतीकात्मक रहेझैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ। सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ। खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी–७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
नक्कली सवारी दर्ता गरेको आरोपमा एक युवक जेल चलान
नक्कली सवारी दर्ता गरेको आरोपमा एक युवक जेल चलान
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
विदेश पठाउने नाममा ३० लाख ठगी आरोपमा ३ जना पक्राउ
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु