राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री

सारांश

  • ८ असोज, काठमाडौं ।
  • आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ।
  • शीतल निवास स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की आज मध्यान्ह १२ बजे राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुग्ने कार्यक्रम छ।

८ असोज, काठमाडौं ।

आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता हुने भएको छ। शीतल निवास स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की आज मध्यान्ह १२ बजे राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुग्ने कार्यक्रम छ।  जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा ६ महिनाभित्र अर्थात् फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुपर्ने प्रमुख जिम्मेवारी छ।

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने बाटो खुलाउन तत्काल अध्यादेश ल्याइदिन अनुरोध गरेको छ। मंगलबार यस विषयमा आयोग पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच आज हुने भेटवार्तामा निर्वाचनलगायत विषयमा छलफल हुन सक्नेछ।  आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते राति कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति पौडेलले उनकै सिफारिसमा लगत्तै संसद् (प्रतिनिधि सभा) विघटन गरिसकेका छन्।  हालसम्म अन्तरिम मन्त्रिपरिषद्‌मा सदस्य संख्या ८ पुगेको छ भने सबै मन्त्री गैरदलीय छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनचाँदीको मुल्य घट्यो
घट्यो सुनचाँदीको मुल्य घट्यो
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का