प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रचण्डले बोलाए पदाधिकारी बैठक

सारांश

  • ८ भदौ, काठमाडौँ ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।
  • आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

८ भदौ, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।  गजुरेलका अनुसार पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।

साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो । विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा(एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय गरेको थियो । तर अझै पनि यस विपरीतका गतिविधि जारी रहेको भन्दै यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?