रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

सारांश

  • ४ भदौ, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
  • भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

४ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सन्तोष परियारलाई बोल्न दिएका थिए । उनले लोकतन्त्रको विरासत धन्ने दलहरूले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जानकारी गराए ।

‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने । त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद रोसन कार्कीलाई बोल्ने समय दिए ।

उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् । उनले आफूहरूले संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता पनि नलिने बताइन् ।  दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ