रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
३ पटक हेरिएको
Shares
रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

सारांश

  • २७ साउन, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् ।
  • मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

२७ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले अब बन्ने नीतिहरू अघिल्लो पुस्ताको लागि नभइ आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए । उनले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गरे । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए ।

उनले भने,’बितेर जाँदै गरेको म र म भन्दा अघिल्लो पुस्ताको लागि भन्दा पनि आधुनिक पुस्ताको लागि हामीले नीति बनाउनुपर्नेछ । संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा यस्तो कोर्नुपर्यो की देश निर्माणको लागि ५० वर्षको नक्शा कोर्नुपर्छ । जुन नक्शामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरुले पनि भनिरहेको अवस्था छ । यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन ।’ कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना व्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
शनि जयन्ती
शनि जयन्ती
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति