म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

Raju Yadav Raju Yadav
|
आइतबार, श्रावण १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

सारांश

  • १८ असाउन, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् ।

१८ असाउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् । आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जिवित रहनु परेको कारण अर्काे क्रान्ति गर्न भएको उनको भनाइ छ ।

‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेकाछौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’

उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु  भइरहेको दाबी गरे । ‘विषय अघि बढेको छ, तर यसमा पनि चलखेल भइराखेको छ । तिखो आँखाले हेरिरहनपर्छ’, उनले भने, ‘हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ । म अपिल गर्छु ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
तीनकुने घटना : प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी
कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित