दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध

सारांश

  • १५ साउन, दिल्ली ।
  • भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ ।
  • यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ ।

१५ साउन, दिल्ली ।

भारतको दिल्लीका धेरै भागहरूमा भारी वर्षाले सडकहरूमा अस्तव्यस्तता निम्त्याएको छ । यसका साथै प्रतिकुल मौसमका कारण धेरै उडानहरू पनि ढिलाइ भएको बताइएको छ ।

निजी एयरलाइन्स कम्पनीहरूले दिल्ली विमानस्थलमा खराब मौसमका कारण उडानहरू ढिलाइ वा रद्द हुनसक्ने सम्भावनाको बारेमा आफ्ना यात्रुहरूलाई सचेत गराएका छन् । दिल्लीका धेरै भागहरूमा विशेष गरी मध्य र दक्षिणी दिल्लीमा अत्याधिक वर्षा हुँदा सवारी साधनको ट्राफिक सुस्त भएको छ । लामो ट्राफिक जामका कारण सडकबाट यात्रा गर्ने मानिसहरूलाई समयमै आफ्नो कार्यालय पुग्न गाह्रो भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?