राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण १४, २०८२
|
|
३ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड

सारांश

  • १४ साउन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् ।
  • गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए ।

१४ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् । गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए । बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन)को सन्दर्भमा बहस भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यो विधेयकमा अध्ययन नै गरेको थियो ।

बुधबार सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफल पुरै सुने । त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुमै  सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो त्यस्तै भएको छ ।’सभाध्यक्ष नारायण दाहालले प्रतिवेदनमाथि बोल्न सांसदलाई तीन मिनेटको समय दिएका थिए ।

त्यसक्रममा उनले सुरुमै विषय केन्द्रित भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।सभाध्यक्ष दाहालको आग्रह र अपेक्षा अनुसारकै बहस भएको भनेर जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गरेका हुन् । ‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ । ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ । सबै वेल प्रिपेयर्ड (राम्रो पूर्व तयारी)’, प्रधानमन्त्री अ‍ोलीले भनेका छन्, ‘बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?