मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित

सारांश

  • १३ साउन, काठमाडौं ।
  • नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
  • दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

१३ साउन, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेशप्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिनुभयो । निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उहाँको माग छ । उहाँले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘९४९औं सञ्चालक समिति बैठकबाट भएको निर्णय किन कार्यान्वयन गरिएन ? यदि त्यो निर्णय सही थिएन भने किन गरियो ।

यदि सही थियो भने त्यो निर्णय किन कार्यान्वयन भएन ? त्यो निर्णय कार्यान्वयन गरेर हामीलाई नियुक्तिपत्रसहित उचित व्यवस्थापन गर्नुहोस् भन्ने हाम्रो माग हो । हिजो भएको सहमतिअनुसार प्राधिकरणको व्यवस्थापनले नियुक्तिपत्र दिन्छ भने भोलिदेखि हामी कार्यालयमा फर्किन पनि सक्छौं । नभए हामी वार कि पार युद्धमा भएको कारण यो निर्णय कार्यान्वयन हुनुपर्यो नभए यो निर्णय बोर्ड बैठकबाट खारेज गर्नुप¥यो । त्यसो निर्णय भभएको खण्डमा ज्यालादारी कर्मचारीहरु घर फर्क भन्ने हो । त्यसो भएको खण्डमा पनि हामीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् । यदि अब यो निर्णय कार्यान्वयन भएन भने हामी अनिश्चितकालीन धर्नामा बस्न पनि तयार छौं ।’ आफ्ना मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने उहाँको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?