आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

सारांश

  • ८ साउन, काठमाडौं ।
  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

८ साउन, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८ औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो ।

नेपाल र अवैतनिक वाणिज्यदुतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । मन्त्री डा. राणाले भन्नुभयो “वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवद्र्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरुको योगदान अनिवार्य र महत्वपूर्ण छ ।”

कार्यक्रममा बोल्दै एचसीसीएनका डिन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदुतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कुटनीतिका सक्रिय साझेदार भएको बताउनु भयो । ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कुटनीतिको महत्व झन तिब्र गतिमा बढिरहेको उल्लेख गर्नुभयो । अवैतनिक वाणिज्यदुतहरूले आर्थिक रूपान्तरणमा स्वयंसेवकको रूपमा काम गर्नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो । हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कुटनीति र विकासमा योगदान दिइरहेका छौँ।”

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसीएन सदैव रहने बताउनु भयो । ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै