एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय

Raju Yadav Raju Yadav
|
सोमबार, श्रावण ५, २०८२
|
|
३ पटक हेरिएको
Shares
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय

सारांश

  • सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।
  • सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक शुरु भएको हो ।
  • बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ ।

५ साउन, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक शुरु भएको हो । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै विधान महाधिवेशनमा प्रश्तुत गरिने संगठनात्मक प्रश्ताको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूचि रहेको छ । केन्द्रिय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ । बैठक सोमवार र मंगलवार गरी दुई दिन चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
बलिउड गायक हिमेश रेशमियाका पिताको निधन
बलिउड गायक हिमेश रेशमियाका पिताको निधन
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै