महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी

Raju Yadav Raju Yadav
|
आइतबार, श्रावण ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी

सारांश

  • ४ साउन, काठमाडौं ।
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् ।
  • वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

४ साउन, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एएफसी महिला एसियन कप छनोटका दाैरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन् ।

एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले कोचको राजीनामाको विषयमा के गर्ने भन्ने निर्णय एन्फाले नगरिसकेको सोतले जनाएको छ । एसियन कप छनोट दाैरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो । वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।

यता नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षहरुले पत्रकार सम्मेलन गर्दै सबै घटनाक्रम बप्तान चयन लगायत विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दावी गरेका थिए । एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दा उज्बेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुकेर एसियन कपमा छनोट हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
जनकपुरको होटलमा एक युवक मृत फेला
जनकपुरको होटलमा एक युवक मृत फेला
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट