एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक
सारांश
- २७ असार, काठमाडौं ।
- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ ।
- शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

२७ असार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया