टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

Raju Yadav Raju Yadav
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३ पटक हेरिएको
Shares
टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

सारांश

  • २६ असार, काठमाडौं ।
  • आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ।
  • ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको हो ।

२६ असार, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ। ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको हो । उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह-१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह-३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ । छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?