मामा-माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा
सारांश
- २६ असार, काभ्रेपलाञ्चोक ।
- सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
- दुधौली नगरपालिका-१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
२६ असार, काभ्रेपलाञ्चोक ।
सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् । दुधौली नगरपालिका-१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ । थापाको घर उदयपुरको कटारी हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया