प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Raju Yadav Raju Yadav
|
सोमबार, आषाढ २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • २३ असार, काठमाडौं ।
  • प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
  • बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ ।

२३ असार, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् । आजको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
७५ लाख अवैध रकमसहित तीन जना पक्राउ
७५ लाख अवैध रकमसहित तीन जना पक्राउ
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
राष्ट्र बैंकको अध्ययन : मधेशमा देखिए विभिन्न आर्थिक चुनौती
राष्ट्र बैंकको अध्ययन : मधेशमा देखिए विभिन्न आर्थिक चुनौती
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द