बाघको छालासहित दाङबाट तीन जना पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ २२, २०८२
|
|
१ पटक हेरिएको
Shares
बाघको छालासहित दाङबाट तीन जना पक्राउ

सारांश

  • २२ असार, दाङ ।
  • दाङमा पाटेबाघको छालासहित तीन जना पक्राउ परेका छन्।
  • शनिबार मध्यराति १ बजेतिर गढवा गाउँपालिका- ६ खवारीबाट प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

२२ असार, दाङ ।

दाङमा पाटेबाघको छालासहित तीन जना पक्राउ परेका छन्। शनिबार मध्यराति १ बजेतिर गढवा गाउँपालिका- ६ खवारीबाट प्रहरीले तीन जनालाई छालासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।  पाटे बाघको छालाको किनबेच हुन लागेको भन्ने सूचना वडा कार्यालय लमहीले सूचना पाएको थियो।

उक्त सूचनापछि वडा कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बम र वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले करिब ९ फिट २ इन्च लामो र दुई फिट ३ इन्च चौडाइको बाघको छाला बरामद गरेको हो। छालासहित खवारीका ४१ वर्षीय विक्रम बुढामगर, राजपुर-१का ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाका ३३ वर्षीय अनिल थारू छन्। पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय लमही राखिएको छ। थप अनुसन्धानका लागि छालासहित डिभिजन वन कार्यालय, लमहीमा बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी